ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तोकिएको मितिमै कक्षा १२ को परीक्षा हुने, आवश्यक सबै तयारी गर्न निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमै कक्षा १२ को परीक्षा गर्ने निर्णय लिएको छ । मंगलबार(आज) बसेको बोर्ड बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भइरहेका बेला बोर्डले नयाँ निर्णय लिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बताएका छन् ।

बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न र आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । त्यसैगरी साढे पाँच लाख विद्यार्थीको परीक्षा रहेकाले सबैलाई गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध पनि गरिएको छ ।

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।

Health Tips Ad Road Block