ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आज नेपाल-भारतबीच विभिन्न विद्युत प्रसारण लाईनको संयुक्तरुपमा उद्घाटन र सम्झौतापत्रमा हस्ताक्षर हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउँदैछन् । गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी आज दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उर्जामन्त्री खड्कासँगै भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते (आज) दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तर्गत ईनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेशनको संयुक्तरुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । आज नै दुई देशले संयुक्तरुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

वैशाख १० गते (भोलि) भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । भोलि उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । विद्युतमन्त्री खट्टरले भोलि साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block