ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सर्वाेच्चको परमादेशअनुसार तोकिएको समयमै एनआरएनएको निर्वाचन गरिन्छः समिति संयोजक घले

विधिपूर्वक प्रक्रियामा जान राष्ट्रपति पौडेलले दिए सुझाव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) को एकता महाधिवेशन तोकिएको समय मे ३ देखि ५ तारिखमा काठमाडौंमा हुने एनआरएनए उच्चस्तरीय समितिले स्पष्ट पारेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले सर्वाेच्चको परमादेशअनुसार तोकिएको मितिमा निर्वाचन गर्ने उच्चस्तरीय समितिका संयोजक एवं पूर्व अध्यक्ष शेष घलेले बताएका छन् ।

एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले सर्वोच्चको परमादेशअनुसार मे ३ देखि ५ तारिखसम्म जसरी पनि महाधिवेशन गरिने स्पष्ट पारेका हुन् । उनले भने, ‘दैवी प्रकोप र काबुभन्दा बाहिरको परिस्थिति बाहेक अन्य अवस्थामा महाधिवेशन रोकिन्न ।’ उनले संस्थालाई सुधार्न आफूहरु लागिपरेको पनि बताए ।

उच्चस्तरीय समितिका सदस्य कुल आचार्य, विनोद कुँवर लगायतले एकता महाधिवेशन हुँदैन भनेर अनावश्यक हल्ला फैलाइएको बताएका छन् । भ्रम र हल्लाको पछाडि नलागी एकता महाधिवेशन सफल बनाउन उनीहरुले सबैसँग अपील पनि गरेका छन् ।

समितिकी सदस्य रविना थापा र जानकी गुरुङले एकता महाधिवेशनका लागि विभिन्न उपसमितिमार्फत तीव्र ढंगले कार्य भइरहेको बताए । महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु भएको भन्दै उनीहरुले समय खेर नफाली महाधिवेशन सम्पन्न गराउनुपर्ने दायित्व रहेको बताए ।

यता शेष घले नेतृत्वमा आगामी मे महिनामा एकताको महाधिवेशनका नाममा विधान विपरित गतिविधि गर्न लागेको अध्यक्ष डा. बद्री केसीसहितको पक्षले आरोप लगाउँदै विभिन्न नेतादेखि राष्ट्रपतिसम्म भेटेको छ । केसी नेतृत्वले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भने, ‘हाम्रो मुख्य खम्बा भनेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भएपनि घले समूहले एनसीसीको अधिवेशन नै नगरी आफू खुशी एकता महाधिवेशनको नाममा विधानविपरित गतिविधि गर्न लागेको छ ।’ जवाफमा राष्ट्रपति पौडेलले भने, ‘विधानसम्मत रुपमा विधिपूर्वक सबै काम हुनुपर्छ, त्यसैले यसमा परराष्ट्र मन्त्रालय जो यस संस्थाको तालुकदार पनि र सरकारको कार्यकारी पनि हो उसले नै मार्गप्रशस्त गर्नुपर्छ । तर जे जसो भनेपनि पहिले त तपाईहरु नै मिल्नुपर्छ । संवादमार्फत एउटा मिलनविन्दु खोज्नैपर्छ ।’

उक्त भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, अमेरिका प्रतिनिधि आरसी पन्त , सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, तथा डा. मीन रानाभाट (यूके), संघका सिइओ राजेन्द्र कुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block