काठमाडौं । आज वैशाख ८ गते सोमबार फेरि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
यसअघि वैशाख ४ गते बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने केही दिन यता स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।






















