काठमाडौं । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपालले आफ्नो सफलयात्राको उपलक्ष्यमा नयाँवर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४० प्रसिशतसम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरीजस्ताआकर्षकसुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एलजी नेपालका उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू— टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनरलगायतका उपकरणहरूमा यो योजना लागु हुने कम्पनीको भनाइ छ ।
कम्पनीको विशेष योजना अन्तर्गत उपभोक्ताहरूले ४० प्रतिशतसम्मको क्यासब्याक, प्रत्येक खरिदमा पक्का उपहार पाउने सुविधा रहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अन द स्पोट इएमाआइ र एक्स्चेञज, एलजी थिनक्यू टेक्नोलोजीद्वारा संचालित स्मार्ट उपकरणहरूमार्फत एलजी नेपालले नेपाली उपभोक्ताको जीवनशैलीलाई अझ सहज र प्रविधिमैत्री बनाउने लक्ष्य कम्पनीले लिएको छ।
सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ तथा कम्युकेसन हेड गौरव हमालले भने, ‘४ दशकसम्म हामीमाथि भरोसा गर्नुहुने सम्पूर्ण नेपाली परिवारप्रति हाम्रो कृतज्ञता प्रकट गर्न नयाँवर्षको अवसर पारेर यस योजना ल्याइएको हो।हामी भविष्यमा पनि नवीन प्रविधि र भरपर्दो सेवामार्फत तपाईंहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउनेछौं।’
यो योजना एलजी शोरूम, अधिकारिक डिलर र सिजी डिजिटलका सम्पूर्ण शाखाहरूमा लागु हुने कम्पनीले जनाएको छ ।यो योजना चैत २१ गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु हुने कम्पनीले जनाएको छ।
चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गरिरहेको छ । नेपालभर विभिन्न सहरहरूमा एलजीका शोरूम र अधिकृत डिलरहरू छन् । साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो । यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्दछ । एलजी गुणस्तर, ऊर्जा दक्षता र नवीन प्रविधिका लागि परिचित छ । यसको उत्पादनहरू १०० देशमा उपलब्ध छन्।





















