काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई X-Pulse सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियानअन्र्तगत सेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सक्ने कम्पनीले जनाएको छ । ‘सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने वाचा गर्छन्।’ कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५५ सम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलइडी टिभी ५० इन्च र माथिमा एमआइ इयरपोड , सेमी-अटोमेटिक वाशिङ मेसिनमा २ किलो यरियल र फ्रन्ट-लोड वाशिङ मेसिनमा ६ किलो एसियल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउने कम्पनी बताउँछ ।
लक्की ड्रमा सहभागी हुन विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शुन्य प्रतिशत इएमआई (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको जनाएको छ । क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्ने कम्पनीको भनाइ छ ।
सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको जनाएको छ ।





















