काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र पोखराको लेकसाइडमा विगत १३ वर्षदेखि “अतिथि देवो भवः” नाराका साथ देश तथा विदेशका अतिथिहरूको सेवा गर्दै आएको ४-स्टार रिसोट अतिथि रेसोट एन्ड स्पा बीच एससीटी युपीआइ कार्डका ग्राहकहरूलाई होटेलमा १५% सम्मको छुट हुने सम्झौता भएको छ ।
एससीटी–युपिआइ कार्डप्रयोगकर्ताहरूले यो छुट पाउनका लागि अतिथि रेसोट एन्ड स्पामा आफ्नो एससीटी–युपिआइ कार्डमार्पmत भुक्तानी गर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा फूड, वेभरेज र स्पा बिलमा १०% छुट तथा रुमको महसुल दरमा १५% छुट पाउनेछन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगद रहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।





















