काठमाडौं । बिहीबार १ लाख ८० हजार ३ सय रुपैयाँमा रेकर्ड कायम गरेको सुनको मूल्यमा शुक्रबार उच्च अंकको गिरावट आएको छ ।
आज एकैदिन सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १२छ रुपैयाँले घटेर प्रतितोला १८७० रुपैयाँमा आइपुगेको छ ।





















