काठमाडौं । मंगलबार रेकर्ड कायम गरेको सुनको मूल्य आज ताल ओर्लिएको छ । आज तोलामा ६ सय रुपैयाँले मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा रहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा मूल्यले रेकर्ड बनाएको थियो ।
चाँदी प्रतितोला २०२० रुपैयाँमा कारोबार भइरहेको छ ।





















