skip this News Page Tips Ad Road Block

भारतको नयाँदिल्लीपछि काठमाडौंको वायु प्रदूषण खतराको तहमा, उच्च सतर्कता अपनाउन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पछिल्ला दिनहरुका काठमाडौंको वायु प्रदूषण उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाडौंमा सोमबार, मंगलबार र बुधबार लगातार प्रदूषण बढिरहेको छ । अहिले भारतको नयाँ दिल्लीपछि काठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ ।

आईक्यूएयरको तथ्यांक अनुसार आज काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) २५१ रहेको छ । यो अस्वस्थकर हो । बिहानको समयमा यो अझै बढी रहेको थियो । वायुको गुणस्तर मापन हुने यसमा घटबढ भइरहेको छ । ललितपुर र भक्तपुरमा यो अझै बढी छ । नयाँ दिल्लीमा यसको मात्रा नेपालको भन्दै धेरै बढी छ ।

एक्युआई १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।

यो अनुसार नेपालको संघीय राजधानी काठमाडौं निकै अस्वस्थको तहमा मानिएको छ ।

पछिल्लो समय काठमाडौंसहित देशका मुख्य शहरहरुमै हावाको प्रदूषण बढेको छ । उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुलो आदिका कारण प्रदूषण बढेको हो ।

प्रदूषण बढ्दै गएका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयाेग  गर्न र सडक तथा निर्माण कार्यहरुबाट हुने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न सरकारले अनुरोध गरेको छ । बिहानको समयमा मर्निङ वाक नगर्नसमेत आग्रह गरिएको छ । बाहिर निस्कँदा मास्कको प्रयोग गर्न पनि भनिएको छ ।

Health Tips Ad Road Block