skip this News Page Tips Ad Road Block

बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा अग्रणी फोटोन मोटरले बरर्दिबासमा फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको कम्पनीको भनाइ छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई(पर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने दाबी गरिएको छ ।

नेपालले आफ्नो राष्ट्रिय दिगोपन लक्ष्यहरूको एक हिस्साको रूपमा विद्युतीय सवारी साधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम हुने कम्पनीको भनाइ छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

लन्च कार्यक्रममा बोल्दै, फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए। उनले भने, “विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ। फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीप्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ। नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएकोयो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुशनस्थापित गर्दछ।”

शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ।

एमएडब्लू वृद्धिको बारेमा

यातायातका लागि उच्चस्तरीय समाधानहरूको विकास गर्न र ती साधनहरू उपलब्ध गराउन क्रियाशील एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता हो। कम्पनी फोटोन सवारी साधनहरूको अधिकृत वितरक हो, जो ग्राहक सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता र कार्यसम्पादनमा गर्व गर्दछ। एमएडब्लू वृद्धि कमर्सियलले उच्च(गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर सेल्स सर्भिसका साथ कमर्सियल बिजनेसहरूलाई समर्थन गर्न देशभर शोरूम र सेवा केन्द्रहरूको ठूलो नेटवर्क खडा गरेको छ।

Health Tips Ad Road Block