skip this News Page Tips Ad Road Block

११ सय रुपैयाँले बढेर फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पर्छ आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिजो कायम भएको सुनको मूल्यको रेकर्ड आजै तोडिएको छ । आज (चैत १८ गते सोमबार) एकैदिन तोलामा ११ सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा पुगेको छ । हिजो मूल्य १ लाख ७६ हजार ८ सय रुपैयाँमा रहेको थियो ।

महासंघका अनुसार चाँदी प्रतितोला २०३५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block