skip this News Page Tips Ad Road Block

नेपाली नयाँ वर्षको अवसर पारेर भक्तपुरमा क्यालेण्डर प्रदर्शनी हुने, आन्तरिक पर्यटन प्रवद्र्धनको अपेक्षा

Citizenlife ad 2082 falgun to baishak 2083

भक्तपुर । नेपालमा क्यालेन्डर प्रदर्शनी आयोजना गरिँदैछ, जसले देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो, भने २०८२ मा यो संख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ।

यसै सन्दर्भमा, भक्तपुर दरबार, सिद्धपोखरी र योसिखेलमा चैत ३१ गते र २०८२ वैशाख १ गते विशेष प्रदर्शनीको आयोजना गर्न लागिएको छ, जहाँ देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठन लगायतका विभिन्न संघसंस्थाहरूले आफ्ना आकर्षक क्यालेन्डरहरू प्रदर्शन गर्नेछन्।

क्यालेन्डर मात्र नभई, यस प्रदर्शनीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्रत्येक क्यालेन्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ।

बिस्का जात्रा हेर्न वैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भएकाले, आयोजकहरूले क्यालेन्डर प्रकाशकहरूलाई यही अवसरमा आफ्ना क्यालेन्डर प्रदर्शन गर्न विशेष अपिल गरेका छन्।

नेपालमा क्यालेन्डर केवल मितिहरू हेर्ने साधन मात्र नभई, हाम्रो संस्कृति, परम्परा र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ। यो प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक, र ऐतिहासिक महत्त्व बोकेका क्यालेन्डरहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।

क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Health Tips Ad Road Block