Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गाडी र पार्टसको आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, विश्वव्यापी के पार्ला असर ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी व्यापार युद्ध चर्काइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन अर्काे घोषणा गर्नुले यसलाई अझै बढाउने देखिएको छ । राष्ट्रपति ट्रम्पले गाडी र पार्टसको आयातमा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका हुन् । यो घोषणाले व्यापार युद्ध अझै चर्काउने देखिएको हो ।

ट्रम्पले घोषणा गरेको नयाँ कर अप्रिल २ तारिखदेखि लागु गर्ने तय गरिएको छ । यसले मुलुक(अमेरिका)मा लगानी एवं उत्पादनलाई थप बढावा दिने ट्रम्पको विश्वास रहेको छ । साथै रोजगारी बढाउने आशा गरिएको छ ।

कतिपयले यसले उत्पादन नबढ्ने उल्टो साझेदार देशहरुबीच तनाव उत्पन्न गर्ने विश्लेषण गरेका छन् ।

मेक्सिको, क्यानडा, जर्मनी, जापान लगायत देशबाट अमेरिकामा गाडी र पार्टसहरु बढीमात्रामा पुग्ने गरेका छन् ।

यो निर्णयले गाडीको मूल्य बढ्ने अनुमान पनि गर्न थालिएको छ । यो निर्णयले कतिपय मोटर्स कम्पनीको शेयर मूल्यमा समेत गिरावट देखिन थालेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकामा गाडी र पार्टस पुर्याउँदै आएका अन्य देशका प्रमुख एवं प्रतिनिधिले ट्रम्पको यो निर्णयले धेरै नै हलचल ल्याउने विभिन्न भनाइहरु सार्वजनिक गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block