Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सडकको स्तर अनुसार रुट अनुमति : मन्त्री दाहाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायातको पहुँच र प्रभाव नागरिकको जीवनमा झल्कनु पर्ने बताएका छन् । यातायात मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको ‘सरकारको यातायात नीति : अवसर र चुनौती’ विषयक अन्तरक्रियालाई संवोधनका क्रममा उनले सो  कुरा बताएका हुन्। मन्त्री दाहालले ग्रामिण क्षेत्रका बासिन्दाको समेत जीवनशैली र आर्थिक स्तर सुधारमा सहयोग पुग्ने गरि यातायातको पहुँच विस्तार गरिनु पर्ने पनि बताए ।

त्यस क्रममा उनले यातायात पूर्वाधार, सवारी सधान र यातायात सेवाको मापदण्डमा समय सापेक्ष सुधार तथा नयाँ मापदण्ड निर्धारण गरि कार्यान्वयन गरिने समेत बताए । व्यवस्थित सेवा प्रवाहका लागि रुट व्यवस्थापनलाई समेत वैज्ञानिक बनाउनु पर्नेमा जोड दिँदै उनले सडकको स्तर अनुसार रुट अनुमति दिईनु पर्ने बताए । यातायात व्यवस्थापन, सञ्चालन र नियमतलाई प्रभावकारी बनाउन नविनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धती अवलम्बन हुने गरि आवश्यकता अनुसार कानूनी तथा संस्थागत पुर्नसंरचना गरिने उनको भनाई छ । सहरी विकास योजना र भूउपयोगसँग सामञ्जस्य कायम राख्दै बृहत परिवहन सहितको एकिकृत सार्वजनिक सहरी यातायात प्रणालीको विकास गरिने उनको भनाई छ ।
आयोजना छनौटका प्रकृयागत विधि तथा चरण पश्चात कार्यान्वयन योग्य आयोजनाको सूचीसहितको आयोजना बैंक तयार गरि प्राथमिकताका आधारमा क्रमश: कार्यान्वयनमा लगिने मन्त्री दाहालले बताए ।

सडक बोर्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा यातायात सम्वद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block