Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योगी व्यवसायीका लागि आफ्नै देशमा उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण बनाइदिन नाडाको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले उद्योगी व्यवसायीका लागि आफ्नै देशमा उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेर वातावरण बनाइदिन भनेकाे हो ।

छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउँदै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरे । अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने बताउँदै लुव्रिकेण्टस उद्योगका नाममा फिनिष्ड गुड नै नेपालमा ल्याएर बिक्री वितरण भईरहेकोले यसलाई रोक्नु पर्ने बताए ।

अध्यक्ष चौधरीले नेपालमै टायर उद्योगहरु खोलिएपनि त्यसका लागि स्टयाण्डर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको बताए । अध्यक्ष चौधरीले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह गर्दै नाडाको ६ बुँदे लिखित सुझावहरु समेत पेश गरेका थिए ।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भईरहेकोले सो ऐन छिटै पारित गर्नका लागि आग्रह गरे । त्यस्तै नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपालका व्याट्री उद्योगहरुको अवस्थाबारे जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखे ।

छलफलमा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे बिना कुनै जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्दै नेपाल सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए । उनले खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझावहरु राजश्व परामर्श समितिमा पठाउन अनुरोध समेत गरे । मन्त्री भण्डारीले एजेन्सी दर्तासम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित हुने बताए । मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लागिरहेको समेत बताए ।

छलफलमा मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्ण बहादुर रावत, नाडाका तर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block