Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिमेन्ट प्रतिबोरा ३ सय र डण्डी प्रतिकिलो १४ रुपैयाँले बढाएको भन्दै बिराेधमा उत्रियाे बागमती प्रदेश निर्माण व्यवसायी महासंघ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कालोबजारी एवं कार्टेलिङ गरी वितग दुई महिनाको अवधिमा नै पटक–पटक गरी सिमेन्टमा प्रतिबोरा ३०० रुपैयाँसम्म बढाएको भन्दै बागमती प्रदेश निर्माण व्यवसायी महासंघले बिरोध गरेको छ । मूल्यवृद्धि हुँदा सरोकारवाला र सिमेन्ट उत्पादनहरुसँग छलफल पश्चात मूल्यवृद्धि खारेज गर्न सहमती भएपनि हालसम्म कार्यान्वयन नभएको साथै सिमेन्टको मूल्यवृद्धि खारेज गर्नुको सट्टा सिमेन्ट सँगसँगै निर्माण कार्यमा अत्याधिक प्रयोग हुने फलाम (डण्डी) र फलामजन्य निर्माण सामाग्री प्रतिकेजी १४ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा निर्माण उद्योग थप मारमा परेको भन्दै महासंघले बिरोध गरेको हो ।

खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेन्ट र फलामजन्य निर्माण सामाग्रीमा गरिएको यस किसिमको अस्वभाविक मूल्यवृद्धि हुनु निर्माण उद्योग माथि राज्यले निर्माण व्यवसायीलाई अपराधी जस्तो व्यवहार गरेको प्रदेश महासंघले भनाई छ । यस किसिमको मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गइ नेपाल सरकारको सार्वजनिक निकायहरुमा नै आर्थिक बोझ थपिने जानकारी हुँदाहुँदै राज्यबाट निर्माण सामाग्रीहरुमा मूल्यवृद्धि गराउने निकायहरुलाई कारबाही गर्नुको सट्टा सम्बन्धित निकायका मन्त्रीहरुले नै मूल्यवृद्धि गर्ने निकायको पक्षमा आवाज बोल्नुले कतै मन्त्रीहरु नै कार्टेलिङ एवं कालोबजारीलाई प्रोत्साहन गर्दै त छैनन्, भन्ने शंका उत्पन्न भएको महासंघका महासचिव चन्द्र बहादुर वाइबाले बताए ।

निर्माण कार्य गर्ने मुख्य समयमा निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा सिमेन्ट र फलामजन्य निर्माण सामाग्रीमा अत्याधिक मूल्यवृद्धि र कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेकोले निर्माण उद्योग संकट र धरासायी हुने मात्र नभइ वित्तीय संकटमा रहेका आम उपभोक्ता समेत थप मारमा पर्ने महासंघले जनाएको छ । महासंघले भइरहेको मूल्यवृद्धि अविलम्ब खारेज गरी कालोबजारी तथा कार्टेलिङमा संलग्न उद्योग व्यवसायीहरुलाई कारवाही गर्न, मूल्यवृद्धि तुरुन्त नियन्त्रण र रोकथाम गर्न साथै निर्माण व्यवसायीहरुका लागि शुन्य भन्सार दरमा सिमेन्ट, फलाम (डण्डी) र फलामजन्य निर्माण सामाग्रीको आयातको व्यवस्थाका लागि नेपाल सरकार र सम्बन्धित निकायहरुसँग माग गरेकाको छ ।

महासंघले यस किसिमको मूल्यवृद्धि कालोबजारी एवं कार्टेलिङको विरुद्ध आवाज बुलन्द पानं, ससक्त विरोध गर्न, प्रतिवाद गर्न सम्पूर्ण निर्माण व्यवसायीहरु तथा आम उपभोक्ताहरुलाई आग्रह समेत गरेको छ ।

Health Tips Ad Road Block