ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बर्ली ब्राण्डका १७ आधुनिक एकर कुलर नेपालमा लन्च

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतको ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओईएम) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। ललितपुरमा एक कार्यक्रम गरी कम्पनीले एयर कुलहरु सार्वजनिक गरेको हो ।

कार्यक्रममा उत्पादित कुलरको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरे । साे कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे।

त्यस्तै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गुणस्तरीय र ग्राहकमैत्री एयर कुलहरु नेपाली बजारमा ल्याएको दाबी गरे ।

बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्ने कम्पनीको भनाइ छ । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ। यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुऱ्याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।

१४ हजार २९० रुपैयाँदेखि ३२ हजार ५० रुपैयाँसम्मका एयर कुलर बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी कार्यक्रम सम्पन्न भएको हो ।

Health Tips Ad Road Block