ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

उपभोक्ता अदालत खुल्दैगर्दा राज्यले उपभोक्ता सचेतनामा ठूलो धनराशी खर्च गर्नुपर्ने देखिन्छः माधव तिमल्सिना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले शनिबार परेको विश्व उपभोक्ता अधिकार दिवस २०८१ को अवसरमा काठमाडौंको त्रिपुरेश्वरमा उपभोक्ता अदालत समुद्घाटन गर्यो । अदालतले आइतबारदेखि काम सुरु गरेको छ । उपभोक्ता अदालत स्थापनाले आफूलाई मर्का परेको क्षेत्रमा संलग्न उपभोक्ताले छिट्टै न्याय पाउन सक्छन् भन्ने आशा गर्न सकिन्छ । यही उपभोक्ता अदालत र उपभोक्ता अधिकारका विषयमा अर्थ प्रणाली डट कमले उपभोक्ता अधकिार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल्सिनासँग कुराकानी गरेको छ । प्रस्तुत छ तिमल्सिनासँगको कुराकानीमा आधारित भएर तयार गरिएको संपादित अंशः

उपभोक्ता अदालत र उपभोक्ता अधिकार

संविधानको धारा ४४ ले प्रत्याभूत गरेको मौलिक अधिकार कार्यान्वयन गर्नको निमित्त नेपाल सरकारका संयन्त्रले जुन हिसाबले काम गर्नुपर्ने थियो आज त्यो काम गरेको अनुभूति प्राप्त भएको छैन । आज उपभोक्ता अदालत गठन भएको छ । स्थापना भएको छ । काम थालेको पनि छ तर काम के गर्छ ? कसरी गर्छ ? यसको कार्यक्षेत्र के हो ? सिधै उपभोक्ता यहाँ आउने हुन् कि अथवा वाणिज्य आपूर्ति तथा उपभोक्रा हित संरक्षण विभागबाट विभिन्न मुद्दा ल्याउने हो ? या अरु विषय । यस्ता सबै विषयमा सबैभन्दा पहिला अदालतको कार्यक्षेत्र, कार्यअधिकारका बारेमा सबैलाई बुझाउनुपर्दछ । यसबारे व्यवसायीलाई बुझाउनुपर्दछ । उपभोक्तालाई सिकाउनुपर्दछ । कानुन व्यवसायीलाई पनि सिकाउनुपर्दछ । बुझाइमा कमजोरीपना देखियो भने भोलि जुनसुकै बेला पनि एक किसिमको गलत सन्देश प्रवाह हुन सक्ने सम्भावना पनि उत्तिकै रहेकाले यो जरुरी छ । त्यसकारण सबभन्दा पहिला अदालतको विषयमा सिकाउनु आवश्यक छ । अर्को उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जबसम्म सचेत र जिम्मेवार बनाउन सकिँदैन तबसम्म उपभोक्ताको अधिकार स्थापित हुन सक्दैन ।

उपभोक्ता सचेतनामा ठूलो धनराशी खर्च चाहिन्छ

बजारमा पछिल्लो पटक म्याद सकिएका, सकिन लागेका अखाद्य पदार्थ, उत्पादन, बेचबिखन र भण्डारण भइरहेको पाइन्छ । त्यसलाई नियन्त्रण एवं नियमन गर्नको निमित्त देशव्यापीरुपमा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

यस्ता कार्यक्रम सञ्चालन नगर्ने हो भने भोलिका दिनमा आउनसक्ने विभिन्न प्रकारका समस्याहरू झन् उल्झने÷बल्झिने खतरा छ । अहिले कानुन कार्यान्वयन गर्ने दर्जनौं निकायहरू छन् । ती निकायले यो काम गरिरहेका पाइँदैन । भएका संयन्त्रहरूले प्रभावकारी रुपमा यस्ता विषय कार्यान्वयन नगर्ने हो भने भोलिका दिनमा बजार झन् अराजक बन्दै जानेछ । अहिले सिमेन्ट, डन्डी लगायतका सामग्रीमा कार्टेलिङ भइरहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जुन हिसाबले बलियो बनाउनुपर्ने थियो अथवा स्रोत, साधन, जनशक्ति लगायतमा सम्पन्न गराउनुपर्ने थियो । त्यो भइरहेको छैन । कृषि, खाद्य, पशु जस्ता जति पनि क्षेत्रगत नियमन गर्ने निकायहरु छन् । यी सबै र नेपाल सरकारको प्राथमिकताको विषयमा उपभोक्ता हित संरक्षण परेको अनुभुत भइरहेको छैन । त्यसले गर्दा बजारमा जुन हिसाबले अराजकता कम हुनुपर्ने थियो । त्यसको उल्टो झन् बढ्दै गइरहेको छ । बजारमा आर्थिक क्षेत्र पनि धरासायी हुँदै गइरहेको पाइन्छ । सरकार दण्ड सँगसँगै पुरस्कारमा जाने अवस्थामा देखिन्न । राम्रा काम गर्ने व्यवसायीलाई पुरस्कृत पनि गर्ने गर्नुपर्दछ ।

आज एक दिनलाई उपभोक्ता अधिकार दिनस मनाउँदैमा खुसी हुनुपर्ने अवस्था छैन । उपभोक्ता अधिकार दिवस कुनै एक दिनलाई मात्रै होइन चौबिसै घण्टा, ३६५ दिन नै दिवसको रुपमा मनाउनु पर्दछ । वस्तु र सेवामा जति पनि समस्या हुन्छ सञ्चारमाध्यमहरू रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन पोर्टलमार्फत आज उपभोक्ता अधिकारका बारेमा सचेतनाका कार्यक्रम अभियान र क्याम्पेन नै सञ्चालन गर्ने गर्नुपर्दछ । सचेतनाका लागि ठूलो मात्रामा पैसा खर्च गर्नुपर्दछ । एकपटक नेपाल सरकारले देशभर देशव्यापी रुपमा ७५३ वटै पालिकासँग सातै प्रदेशसँग सहकार्य गरेर सचेतनामा खर्च गर्नुपर्दछ ।

उपभोक्ताले न्याय पाउने कहिले ?

बजार नीति, आपूर्ति नीति, उपभोक्ता हितसम्बन्धी नीति जारी गर्नुपर्दछ उपभोक्ता संरक्षण ऐनले भनेबमोजिम बजारको तह तोक्न सकिएको छैन । अत्यावश्यक वस्तुको सूची सार्वजनिक गर्न सकिएको छैन । यी आधारभूत कुराहरू गर्न नसकेसम्म उपभोक्ताले न्याय पाउने अवस्था रहँदैन ।

उपभोक्ता अदालतले राम्रो काम गर्ला त?

आशा गरौं सबै मिलेर यसलाई राम्रो गराउन लाग्नुपर्छ । सञ्चारकर्मी, अधिकारकर्मी बुद्धिजीवी, आम व्यवसायी, राजनीतिक दलका नेता एवं कार्यकर्ता सबै मिलेर उपभोक्ता अधिकारको विषयलाई अगाडि बढाउनुपर्दछ । सबैभन्दा पहिले नागरिक स्वच्छ हुनुपर्दछ । उसले खाने कुरा स्वस्थ हुनुपर्दछ भने कुनै पनि किसिमको कैफियत देखिएको छ भने सम्बन्धित निकायमा उजुरी गर्नको लागि सहजीकरण गर्ने काम गर्नुपर्दछ । सबै मिलेर यसलाई राम्रो बनाउनतर्फ लाग्नुपर्दछ । गलत बाटोमा गयो भने सबै मिलेर खबरदारी पनि गर्नुपर्दछ ।

अदालत स्थापनाले तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुन्न ?

उपभोक्ता अदालत उपभोक्ताको मुद्दाहरूलाई तत्काल टुङ्ग्याउनको निमित्त स्थापित गरिएको भनिएको छ । समष्ट कार्यविधिमार्फत चाँडै न्याय दिलाउनको निमित्त संविधानको धारा ४४ ले प्रत्याभूत गरेको मौलिक अधिकार र त्यसको दफा (क) ले दिएको गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने अधिकार एवं (ख) ले दिएको क्षतिपूर्ति प्राप्त गर्ने अधिकार छ । जस्तै कुनै अस्पतालमा गएर उपचार गर्दै गर्दा कसैको लापरवाहीले वा गलत औषधिको सिफारिस (प्रेस्क्रिप्सन)ले गर्दा घटना घटेमा ततकाल क्षतिपूर्तिको व्यवस्था हुनुपर्दछ । त्यो क्षतिपूर्ति धेरै पछि पाउनुको कुनै अर्थ र महत्व रहँदैन । तत्काल पाउनको निमित्त अदालतले चाँडै फैसला गर्नेछ र न्याय गर्दिनेछ भन्नेमा आशावादी छु । हो यस्तै मानेमा म खुसी छु ।

 

Health Tips Ad Road Block