काठमाडौं । सरकारले ८ महिनामा २३ प्रतिशत पूँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत छुट्ट्याएकोमा महालेखा नियन्त्रक कार्यालयकाअनुसार चैत १ गते दिउँसोसम्ममा ८२ अर्ब ३३ करोड रुपैयाँ हाराहारीमा सरकारले खर्च गरेको छ । यो २३ दशमलव ३७ प्रतिशत हो ।
यो अवधिमा सरकारको चालु खर्च भने ५१ दशमलव २१ प्रतिशत रहेको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन गरिएकामा चैत १ गते दिउँसोसम्म ५ खर्ब ४ अर्ब १२ करोड ७ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाखमध्ये ४७ दशमलव शुन्य ७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।
महालेखा नियन्त्रकका अनुसार यो अवधिमा ५०.७५ प्रतिशत राजश्व उठेको छ । सरकारले यो वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा चैत १ गते दिउँसोसम्ममा ७ खर्ब २० अर्ब ३४ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ ।
समीक्षा अवधिमा विदेशी अनुदान लक्ष्यको १७ दशमलव ५१ प्रतिशतमात्रै आएको छ । यो अवधिमा ९ अर्ब १६ करोड २५ लाख रुपैयाँको विदेशी अनुदान प्राप्त भएको छ ।






















