काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओ बाँडफाँड गरेको हो ।
लघुवित्तले फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त शेयरमा कुल १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँड गरिएको छ। गोलाप्रथाअनुसार १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। त्यसमा पनि ३ जनाले थप एक कित्ता अर्थात् ११ कित्ता शेयर प्राप्त गरेका छन्।






















