काठमाडौं । प्लम्बर दिवसको अवसरमा पञ्चकन्या समूहको सम्मान कार्यक्रम कुलेश्वरस्थित आफ्नो डिपो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । पञ्चकन्या समूहले विश्व प्लम्बर दिवसको अवसरमा विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरेको हो ।
यस कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सबै वक्ताहरुले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने मेहनती प्लम्बरहरूको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जिफन्ट नेपाल, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजय कुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधव प्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले समाजमा प्लम्बरहरूले खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा आफ्ना विचारहरू व्यक्त गरेका थिए । उनीहरूले प्लम्बिङ समुदायको काम र यस क्षेत्रमा पुर्याएको योगदानलाई मान्यता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका डिलर तथा ग्राहकहरुकोसमेत उपस्थिति रहेको र उनीहरुले दिएको योगदानलाई कदर गर्दै पञ्चकन्या समूहले सबै उपस्थित प्लम्बरहरूलाई कृतज्ञताको प्रतिककोरूपमा उपहारसमेत वितरण गरेको थियो । यो कार्यक्रमले प्लम्बिङ उद्योग तथा यस सेवामा लागेकालाई प्रवद्र्धन गर्ने र देशको लागि सुरक्षित एवम् भरपर्दो पूर्वाधार सुनिश्चित गर्न प्लम्बरहरूको अत्यावश्यक भूमिकालाई स्वीकार गर्ने पञ्चकन्या समूहको समर्पणलाई उजागर गरेको जनाएकाे छ ।

पञ्चकन्या समूहको बारेमाः
पञ्चकन्या समूह नेपालको अग्रणी औद्योगिक समूहहरू मध्ये एक हो, जसले यस क्षेत्रमा प्रदान गर्ने उच्च– गुणस्तरीय वस्तु तथा प्रदान गर्ने सेवाहरुमा र दिगोपनको लागि परिचित छ । यस समूहले गुणस्तर र नवीनताप्रति प्रतिबद्ध रही नेपालमा निर्माण र पूर्वाधार विकासको स्तर बढाउनमा ध्यान केन्द्रित गर्दै आएको छ ।






















