ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

चैत महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरुले दिने ब्याजदर सार्वजनिक भएको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकाँश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

चैत महिनाका लागि बैंकहरुले दिएको अधिकत्तम ब्याजदर अनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दतीतर्फ ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत, एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत, सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागततर्फ ४.१ प्रतिशत, नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत, कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यस्तै चैतका लागि माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत, प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् ।

ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ५.७५.. प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याज दिने भएका छन् ।

Health Tips Ad Road Block