काठमाडौं । एनआईसी एशिया क्यापिटलले सेवालाई थप परिस्कृत गर्नेक्रममा ‘वान स्टप सोलुसन’ सेवा उपलब्ध गराउने उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ । लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले पत्रकार सम्मेलन गरी सो सेवा संचालनमा ल्याएको जानकारी दिएको हो । यो सेवा गैर–आवासीय नेपाली (एनआरएनए) तथा नेपाल बाहिर बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरूका लागि व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एनआईसी एशिया क्यापिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृतरुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने कम्पनीको भनाइ छ ।
यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरु :
लन्च प्याड (स्टार्टअप आवश्यक)
कम्पनी दर्ता,कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।
ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार)
इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी (एफडिआई)सम्बन्धमा परामर्श ।
क्यापिटल एज (बजार पहुँच)
निष्काशन तथा बिक्री प्रबन्धक, आरटिए÷आरटिएस सेवाहरू, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।
इनसाइट ३६० (परामर्श सेवा)
वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।
परामर्श किन लिने ?
-डायस्पोरा सँग सम्बन्धित सम्पूर्ण विषयमा ‘वान स्टप सोलुसन’ ।
-सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरुमार्फत सेवा उपलब्ध ।
-कम्पनी स्थापना वा विस्तार, आईपीओ निष्काशन गर्नेदेखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने ।
यो विदेशमा बस्ने कुनै पनि नेपालीले सोझै https://forms.office.com/r/NZwSY5pdSG/ लिङ्कमा क्लिक गरि फारम भरेर सुरु गर्न सकिनेछ । यस सम्बन्धमा थप जानकारी वा सोधपुछको लागि, क्यापिटलको सम्पर्क नम्बर ०१–५७०५९९४, ०१–५७०५६६७, ०१–५७०५६७३, ०१–५७०५३३७–भ्हत (२२७) इमेल ठेगाना ideatoipo@nicasiacapital.com मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “Offer for Sale-OFS”Platform संचालनमा ल्याएको छ । क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृया पुरा गर्नुपर्ने देखिन्छ । त्यसैगरी सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोबार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि ‘वान स्टप सोलुसन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले “Offer for Sale-OFS”Platform संचालनमा ल्याएको कम्पनीको भनाइ छ ।
जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत “Offer for Sale-OFS”Platform बाट आफूले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेभसाईटमार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम कानुन अनुसार शेयर नामसारीसम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउने जनाएको छ ।
कम्पनीका अनुसार “Offer for Sale-OFS”Platform को विशेषता यसप्रकार छन् :
सहज बिक्री प्रकृया
संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।
सहज खरिद प्रकृया
कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजिदिने कार्य गर्ने छ ।
सुरक्षित र गोपनियता कायम रहने
सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।
सहज र सर्वसुलभ
सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ ।
खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि Valuation Report उपलब्ध गराइने
सम्बन्धित कम्पनीको Valuation गरेर संस्थापक समूहको शेयरको खरिद/बिक्री गर्नको लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।
माथि उल्लेखित सेवा लिनको लागि क्यापिटलको वेभसाईट www.nicasiacapital.com वा सोझै OFS Platform -https://www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रितपूर्वक भरी आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । साथै उक्त सेवा लिन तथा सेवा सम्बन्धमा थप जानकारीको लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई मोवाईल नं.९८५११८४९७९ वा इमेल ठेगाना info@nicasiacapital.com मा सोझै सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।






















