काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्तभुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत २ वर्ष देखि सेवाग्राहीको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिँदै आएको शुक्रहाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरबीच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्डमार्पmत भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले त्यसरी पिओएस्मार्पmत भुक्तानी गर्दा इनहाउस रुटिन टेस्टमा २०% छुट, इनहाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५% छुट, आउटसोर्स टेस्टहरूमा ५% छुट र एक्सरे, यु एस् जी , इ सी जी र इको गर्दा १०% छुट पाउनेछन् । यसका साथै एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यकाभित्र घरमै बसीबसी हुने चिकित्सक परामर्श सेवामा ५% छुट, नर्सिङ्ग केयर सेवामा ५% छुट र नेपालभरभरि नै टेलिमेडिसीन् सेवामा ५% छुट रहने एवं काठमाडौं उपत्यकाभित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।
एससीटीको हाल सदस्यहरू ५ ’क’वर्गका बैंक, ५ ’ख’वर्गका बैंक, ११ ’ग’वर्गका बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्रहाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी युपिआइ कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको जनाइएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्ने कम्पनीले जनाएको छ ।