Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबी बैंकको नयाँ सिईओमा गोविन्द घिमिरे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबी बैंकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ । फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको ४८४औं बैठकले घिमिरेलाई नयाँ सिईओ बनाउने निर्णय गरेको हो ।

आगामी २०८२ साल वैशाख १० गते देखि लागु हुने गरि ४ वर्षका लागि उनलाई सिईओ नियुक्त गरेको बैंकले जनाएको छ । हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका छन् ।

बैंकमा हाल प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुनिल केसीलाई आगामी २०८२ साल वैशाख ९ गतेसम्मका लागि निरन्तरता प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

Health Tips Ad Road Block