Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राइड सेयरिङ जस्तै ढुवानी सेवा, ‘टिम भरिया’ एप सुरू

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ‌ं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो। उनले ढुवानी साधनहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसित गरिएको जानकारी दिए।

फुँयालले भने, ‘हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरूमा गएर कुरिरहनुपर्ने अवस्था छ। त्यस्तै कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रूपमा उपलब्ध हुन सक्दैनन्। यी समस्याहरू हटाउन एप ल्याइएको हो।’

अब ‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनुपर्ने सामानको विवरण प्रविष्ट गर्न सक्नेछन्। राइडरहरूले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्नेछन्।

एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन्, ‘आई एम ड्राइभर’, ‘आई एम कार्गो’, र ‘आई एम ट्रान्सपोटर’। साथै, एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध छन्।

Health Tips Ad Road Block