Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीपी राजमार्गको क्षतीग्रस्त खण्डको मर्मत सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य कार्य शुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो ।

विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्याएको छ । त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल विभागका अनुसार उपकरण तथा जनशक्ति परिचालन गरि विभिन्न खण्डको मर्मत भई रहेको छ । ‘बाढी क्षति पु¥याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बनाउनुपर्ने भएको छ’ न्यौपानेले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने छ, त्यो अहिले शुरु भएको हो ।’ सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भई सकेको उनले बताएका छन् । विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरि क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानहरुबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तिव्रता दिने बताएका छन् ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो । उनले भने, ‘अहिले हामीले बीपी राजमार्गलाईनै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरि काम भई रहेको छ ।’ वर्षायाममा सके सम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातिको समयमा समेत काम गरि मर्मतलाई चुस्त र तिव्र पारिने बताएका छन् ।

गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पुर्याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरि मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिई सकेका छन् । गत शनिबार मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले सडकको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुननिर्माणमा स्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तिव्रता दिन निर्देशन दिएका थिए ।

Health Tips Ad Road Block