ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अब सुर्तीजन्य पदार्थबाट हुने क्यान्सर नियन्त्रणका शतप्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पुरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन्। यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संसोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन्।

‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सूर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’

यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरुले देखाएका छन्। नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ।

सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकमेजिंगमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत भए पछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा प्रयोगले पार्ने असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ। यस्तो चेतावनीका कारण थाइल्याण्डमा ८५ प्रतिशतले धुम्रपान छाडेको एक अध्ययनले देखाएको छ । यो दर पाकिस्तान तथा म्यानमारमा पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन्।

नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संसोधित निर्देशिकाले सूर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरुमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

Health Tips Ad Road Block