api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको छ । आज एक कार्यक्रमका बीच सहमति भएको हो ।

उक्त सहमतिअनुसारः—

१. त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजना गरी आवश्यक सुधार समेत गर्ने ।
२. दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने ।
३. यस्तो पारस्परिक सहकार्यमार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमताबीचको खाडल पूरा गर्ने ।
४. लेवल एक बाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने ।
५. आवश्यकताअनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने ।
६ तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसँग सहमती गरी (एमओयु) अघि बढने ।
विषय उल्लेख गरिएको छ ।

छलफलमा नाडाका तर्फबाट अध्यक्ष करण कुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । दुई निकायहरुबीच भएको यस्तो पारस्परिक सहमतिले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ ।

Health Tips Ad Road Block