Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आठौँ संस्करणको विराट एक्स्पो २०२५ मा रिाट बजार बिटुबि प्लेटफर्म

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । यत्र तत्र छरिएर रहेका लघु घरेलु साना उद्योग र वस्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न आठौँ चरणको विराट एक्स्पोले माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पसको मैदानमा १० दिन सम्म विराट बजार बिटुवि प्लेटफर्मको व्यवस्था गरेको छ ।

यो प्लेटफर्ममा लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योग देखि ठूला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायिक सम्बन्ध स्थापीत गराउनेदेखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।

यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफर्म तयार गरिएको संगठनको दाबी छ ।

त्यसैगरी यही प्लेटफर्ममार्फत बजार प्रवद्र्धनकै लागि मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सूचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

Health Tips Ad Road Block