काठमाडौं । डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ । माघ २ गतेबाट सुरु भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा नियमित ग्राहकहरुले ‘सेभ १००’ प्रोमोकोड राखेर १०० रुपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले ‘फस्ट फ्लाई’ प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यास ब्याकको लाभ उठाउन सक्ने कम्पनीको भनाइ छ । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘ह्याभ प्रोमोकोड’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै, ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहजरूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।






















