ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नबिल बैंकको सहकार्यमा टोखामा कर्जा सदुपयोगितासम्बन्धी प्रशिक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तक्रिया एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तक्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको थियो ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तक्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

छलफलबाट प्राप्त राय सुझाव सम्बन्धीत बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।

यस्तै अन्तक्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ ।

Health Tips Ad Road Block