ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

हिमालयन लाइफले शेयरधनीलाई दिने बोनस शेयर घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ३४ औं बैठकले आर्थिक वर्ष २०७९/२०८० को वित्तीय विवरण बमोजिम शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

प्रचलित कानुनी व्यवस्था बमोजिम बोनस शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्ने प्रस्ताव बैठकले गरेको छ ।

उक्त प्रस्ताव स्वीकृतीको लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने र नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय भएको व्यहोरा कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block