काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। साढे १२ गुणाभन्दा बढी आवेदन परेको आइपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत आज बाँडफाँड गरेको हो ।
कम्पनीले गत पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भयो भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
कम्पनीका अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।






















