ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपाल भ्रमण वर्ष २०२५ घोषणाः अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल, चीनकाे स्वागत

Citizenlife ad 2082 falgun to baishak 2083

भक्तपुर। अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको छ । सरकारले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको बताउँदै आएको छ । यहाँ प्रकृतिक, सांस्कृतिक लगायत अनेकौं सम्पदा छन् । नेपालको आतिथ्य संस्कार विश्मै उत्कृष्ट छ । यद्दपि प्रचार प्रसार र प्रवद्र्धनको अभावका कारण नेपालको पर्यटनले सोचेअनुरुप फड्को मार्न नसकेको प्रायः सबैले भन्ने विषय हो ।

शनिबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि नेपाल अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको धारणा राखे । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ गर्दै मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको बताए ।

उर्जामन्त्री खड्काले दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्यरुपमा अगाडि बढिरहेको समयमा नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे । मन्त्री खड्काले भने, “पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुर निर्माण तथा स्तरोन्नतिका कामहरु भइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार कार्यहरु भइरहेको छ ।” नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको अपार महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए ।

प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको उनले बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ ले दुईदेशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको बताए ।

दुई देशबीचको सहमति कार्यान्वयनको सिलसिलामा अन्तर्गत नै भ्रमण वर्ष २०२५ आयोजना गरिएको बताए । राजदूत सङले भने, “सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने छौँ । यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान एवं सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दछौँ ।”

नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ आयेजना गरिएको उनको भनाइ थियो । नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताउँदै उनले यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताए । नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै उनले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा रहेको र राम्रो प्रचारप्रसार नहुँदा नेपालमा आशातित पर्यटकहरु आउन नसकेको उनले बताए ।

चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्ने बताउँदै उनले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गरेको बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना गरिएको थियो ।

Health Tips Ad Road Block