धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन् । छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउँदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी उनले गरे ।
बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने नरसिंह धामको संरक्षणबारे आयोजित कार्यक्रम उनले सो धारणा राखेका हुन् । बुढीगण्डकी सरकारले उच्च महत्व दिएका जलविद्युत आयोजना मध्ये एक भएकाले आयोजना सफल हुने उनको भनाइ थियो ।
नरसिंह धामको संरक्षणको लागि एक अर्व ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसाभित्र राख्ने योजना आगडि सारिएको थियो। मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले विस्तृत अध्ययन पछि मात्र यो विषयबारे टुंगो लगाउने बताएका छन् ।






















