Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आइपीओ भर्ने सोचमा हुनुहुन्छ ? गार्डियन माइक्रो लाइफको आइपीओ खुल्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गार्डियन माइक्रो लाइफ लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता शेयर अर्थात् अठार करोड पैतालिस लाख रुपैयाँ बराबरको प्राथमिक शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ७५ करोडको ३० प्रतिशत अर्थात बाईस करोड पचास लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशतले हुने २,२५,००० कित्ता शेयर बराबरको दुई करोड पच्चिस लाख नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरेको थियो । त्यस्तै ३ प्रतिशतले हुने ६७,५०० कित्ता शेयर बराबरको रकम सतसठ्ठी लाख पचास हजार कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १,१२,५०० कित्ता शेयर बराबरको एक करोड बाह्र लाख पचास हजार सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकीे १८,४५,००० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा न्यूनत्तम १० कित्ता शेयर र अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्दैछ । यस आइपीओमा आवदेन दिन चाहने सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block