Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ढुकुटीमा थुप्रियो विदेशी मुद्रा, पर्यटन आम्दानी पनि बढ्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रेमिट्यान्स आप्रवाह बढेको र अन्तर्राष्ट्रिय व्यापार घटेका कारण नेपालमा विदेशी मुद्रा सञ्चिति बढेको छ । विदेशी मुद्रा सञ्चिति कम भएर कुनै समय श्रीलंकाको अवस्थामा देश पुग्ने त होइन भन्ने शंकाको स्थितिबाट उठेर अहिले एकदमै धेरै विदेशी मुद्रा थुप्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको तथ्याँकले १६ अर्ब ७० करोड डलर बराबरको विदेशी मुद्रा जम्मा भएको छ । यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार नेपालसँग सञ्चित रहेको कुल विदेशी मुद्रा नेपाली विनिमय दर अनुसार २२ खर्ब ५५अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छ ।

सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ०८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९ खर्ब २ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वद्धि भई २४ खर्ब ७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रइ बैंकको भनाइ छ ।

यो अवधिमा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी भित्रिएको छ । यसबीचमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार १०५ रहेको छ । यो अबधिमा मुलुकमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण योगदान पुर्‍याउने पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानीमा पनि सुधार देखिएको छ । राष्ट्र बैङ्कका अनुसार भ्रमण व्यय शीर्षक अन्तर्गत राखिने यस्तो आम्दानी ३.८ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कात्तिकसम्ममा नेपालले भ्रमण आयबापत २५ अर्ब ८७ करोड रुपैयाँ प्राप्त गरेको थियो ।

यता नेपाल भित्रने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति दुई खर्ब ५ अर्ब ८३ करोढ रुपैयाँभन्दा बढीले बचतमा देखिएको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ ।

चार महिनामा कुल वस्तु व्यापार घाटामा ०.३ प्रतिशतले कमी आई ४ खर्ब ६० अर्ब ७२ करोड रहेको छ ।

मुलुकको अन्तर्राष्ट्रिय व्यापार बढ्न नसक्दा विदेशी मुद्रा थुप्रिन पुगेको छ ।

Health Tips Ad Road Block