ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच विधान सशोधनसहित विविध विषयमा छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

चितवन । चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।

छलफलमा प्रदेशहरुको संरचनालाई अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधन, खुल्ला बोर्डरले पारेको समस्याहरु व्यवसायीहरुको पुरानो स्टकको समस्या, नाडाको इतिहास, नाडाको सदस्यता लिँदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने, सवारी साधन आयातकर्ता र डिलरहरुबीचको समस्या लगायत विायमा छलफल भएको थियो । त्यसैगरी हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्टसहरुको व्यवस्थापन र त्यसको बैधानिकता, भन्सार मूल्याङ्कनले पारेका समस्याहरु र चितवन अटोमोवाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारी लगायत १४ वटा विषयहरुमा क्रमबद्ध रुपमा छलफल भएको नाडाले जनाएको छ ।

छलफल कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष डा.धु्रव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा धारणा राखेका थिए । छलफलमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणि पाठक, दिपेन्द्र कुमार मिश्रा, तोयानाथ खनाल, अनुप बराल, नारायण प्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ्ग अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी चितवन अटोमोवाइल्स एशोसिएशनका तर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केसी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देवि प्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानु प्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, वसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारीसमेतको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौंडा अटोमोवाइल्स एशोसिएशनका तर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दिपेन्द्र उपे्रतीको उपस्थिति रहेको थियो । यता चितवन अटोमोवाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कूल ३९ जनाको उपस्थिति रहेको थियो ।

यस किसिमका कार्यक्रहरुले नाडा र नाडा प्रदेश एशोसिएशनहरु बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउँदा दिनहरुमा पनि गर्दै जाने बताएको छ ।

 

Health Tips Ad Road Block