ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालमा इकुटर ई ३ इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य २ लाख २५ हजार रुपैयाँ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जीरो इमिसन राइड एनले नेपालमा इकुटर ई ३ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । सोमबार कम्पनीले इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै प्रारम्भिक मूल्य २ लाख २५ हजार रुपैयाँ पर्ने जानकारी दिएको छ ।

इकुटर ई ३ इलेक्ट्रिक यातायातको क्षेत्रमा महत्वपूर्ण कदम भएको भन्दै कम्पनीले शहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्राका लागि उत्कृष्ट इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको दाबी गरेको छ ।

इकुटर सार्वजनिक गर्दै जीरो इमिसन राइड एनका सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माले भने, ‘इकुटर ई ३ केवल स्कुटर होइन, यो दिगो भविष्यको प्रतीक हो। यसको उत्कृष्ट प्रविधि, सुरक्षा र वातावरणमैत्री विशेषताले नेपाली सडकमा नयाँ युगको सुरुवात गर्नेछ ।’ उनले बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिएको बताउँदै एसेम्बल मार्फत छिट्टै सारथी इलेक्ट्रिक इकुटर नेपालमै  उत्पादन गर्ने योजना सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले व्यवसायको सुदृढ व्यवस्थापन र ग्राहक सन्तुष्टिको लागि आफूहरू विशेष प्रतिबद्ध रहेको बताए । उनल भने, ‘सवारी साधन बिक्री मात्र होइन, बिक्री पछिको सेवामा पनि हाम्रो ध्यान केन्द्रित छ। हाम्रो उद्देश्य भनेको सशक्त सेवा नेटवर्क निर्माण गरेर ग्राहकहरूलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु हो।’

प्रबन्ध निर्देशक नगरकोटीले प्रकृतिलाई बचाउँदै व्यवसाय गर्ने आफूहरुको प्रमुख उद्देश्य रहेको सुनाए ।

 

इकुटर ई ३ मा ७२V38AH ग्राफिन जेल ब्याट्री रहेको र एकपटक चार्जमा १००-१२० किलोमिटर दूरी कभर गर्न सक्ने कम्पनीले जनाएकाे छ। यो स्कुटरले ३००० वाट पिक पावर उत्पादन गर्न सक्छ र १२ डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्षम रहेकाे कम्पनीकाे भनाइ छ। कम्पनीले जनाएअनुसार रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, क्रूज कन्ट्रोल, एलसीडी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प र किलेस इन्ट्री जस्ता प्रविधिहरू यसमा समावेश छन्। साथै अगाडि र पछाडिका डिस्क ब्रेक, एण्टि-थिफ्ट अलार्म र ह्वील लकले सुरक्षा अझ सुदृढ बनाएको कम्पनीकाे दाबी छ।

हरित भविष्यतर्फको कदम भन्दै कम्पनीले इकुटर ई ३ पूर्णतया इलेक्ट्रिक भएकाले यो स्कुटरले वायु प्रदूषण घटाउन र दिगो यातायातको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएकाे छ।

इकुटर ई ३ नेपालभर उपलब्ध हुने र यो इलेक्ट्रिक स्कुटरले नेपाली बजारमा हरित यातायातलाई प्रवर्द्धन गर्दै गुणस्तरीय र वातावरणमैत्री परिवहनको नयाँ युगको सुरुवात गर्ने अपेक्षा कम्पनीकाे रहेकाे छ।

जिरो इमिशन राइड एनले यसअघि देखि नै लुयानका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीको उपत्यकामा ५ शोरुम र १० सर्भिस सेन्टर संचालनमा रहेका छन् भने उपत्यका बाहिर १३ स्थानमा शोरुम रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

 

Health Tips Ad Road Block