ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री लुटपाटमा संलग्न दुई जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । घाँटीमा लगाएको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।

काठमाडौं नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प. ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block