ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मन्त्री नै भन्छन्–हवाई र स्थलमार्गबाट आउने पर्यटक सास्तीमा, समस्या समाधानको उपाय खोजिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

धनगढी । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नु परेका समस्याको समाधान गर्नका लागि आफू लागिपरेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिबारे सरकार र नीजि क्षेत्रबीचको छलफलमा मन्त्री पाण्डेले भने, ‘सडक मार्गका पूर्वाधारहरू समेत सहज बनाउन पर्ने देखिन्छ । प्रत्येक पर्यटकले हवाई र सडक यातायातबाट सास्ती बेहार्नु पर्ने समस्याको अन्त्य हुनुपर्छ ।’

उनले हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्याको पहिचान गरी त्यसको समाधानका लागि अन्तरमन्त्रालय छलफल भईरहेको पनि जानकारी दिए ।

विविधता पूर्ण संस्कृति र प्राकृतिक विविधताका दृष्टिकोणले समेत भरिपूर्ण रहेको स्मरण गर्दै उनले सुदूरपश्चिम देवहरूको भूमि रहेकाले यहाँको महत्व निकै बढेको समेत बताए ।

मन्त्री पाण्डेले सुदूरपश्चिम जल, जंगल र जडीबुटी लगायतका पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै माथि रहेको समेत प्रष्ट पारे । उनले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै सुदूरपश्चिमलाई कैलाश मानसरोवरसँग जोड्न सके फाइदा पुग्ने बताए ।

उनले धार्मिक,पर्यटकीय दृष्टिकोणले भारतीय पर्यटक भित्र्याउन सकेको अवस्थामा मात्रै ठूलो लाभ लिन सकिने विश्वास व्यक्त गरे ।

साथै मन्त्री पाण्डेले बर्दीयाको ठाकुरद्धारमा आगामी दिनमा हुने विषयगत समितिको बैठकमा सुदुरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत सहभागी हुन आव्हान गरे ।

Health Tips Ad Road Block