झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।
व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको प्रधानमन्त्री ओलीले बताएका छन् । १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।
उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए ।
राजनीतिक विषय राख्दै चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि प्रधानमन्त्री ओलीले अवगत गराए ।






















