काठमाडौंं । सिद्धार्थ बैंकले शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो । बैंक संचालक समितिको ४३९ औं बैठकले उक्त प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।






















