ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एकै दिन १७ हजारले गरे फीन इलेक्ट्रो टेक–२०२४ को अवलोकन

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन अवलोकनकर्ताहरूको घुइँचो लाग्यो । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको मेलामा एकै दिन १७ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।
११औं संस्करणको फीन इलेक्ट्रो टेकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको संख्या उल्लेख्य देखिएको हो । आजसम्म सञ्चालन हुने यो मेलाको अन्तिम दिन पनि अवलोकनकर्ताको बाक्लो उपस्थिति हुने अपेक्षा महासंघले लिएको छ ।
तेस्रो दिन मेलामा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, सहसचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले पनि अवलोकन गरेका थिए । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं क्रिकेट एसोसिएशन अफ नेपालका (क्यान) का सचिव पारस खड्का, नेकपा एकीकृत समाजवादी (एस) का नेता सोमप्रसाद पाण्डेसहितका नेता तथा व्यक्तिहरुले मेला अवलोकन गरेका थिए ।
उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेला धेरैको आकर्षणमा परेको देखिन्छ । महासंघले मेलाको तेस्रो दिनको अवसर पारेर नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेको छ । उक्त छलफलमा गण्डकी प्रदेशका सीटीईभीटीका कार्यकारी निर्देशक डा. सोमलाल सापकोटा, इन्जिनियर उपेन्द्र बराल, महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेल र ट्रान्सवेल्ड ट्रान्सफर्मर प्रा.लि.का अध्यक्ष अमुल श्रेष्ठ लगायत सहभागी थिए ।
सो छलफलमा अध्यक्ष श्रेष्ठले सरकारको नीति नियम स्थिर नहुँदा व्यवसायीलाई लगानी बढाउन अफ्ठ्यारो भएको बताएका थिए । आफ्नो कम्पनीले ट्रान्सफर्मर उत्पादन गर्ने जानकारी दिँदै व्यवसायीलाई लगानीको वातावरण मिलाउन सरकार लाग्नु पर्ने उनको भनाइ छ ।
‘नेपाल विद्युत उत्पादन गरी निर्यात गर्ने अवस्थामा पुगिसकेको छ, सरकारले निर्यात गर्ने जुन लक्ष्य राखेको छ, त्यो लक्ष्य पूरा गर्नको लागि यसको विकास र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार लाग्नु पर्छ,’  उहाँले भन्नुभयो ।
यस्तै, महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेलले नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको माग र प्रयोग बढ्दै गएको जानकारी दिनुभयो । ‘नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानको प्रयोग बढ्दै गएको छ, वार्षिक रूपमा यस्ता सामग्री १०५ अर्ब रुपैयाँको सामान आयात भइरहेको छ, यो क्षेत्रलाई विशेष महत्व दिएर सरकार अगाडि बढ्नु पर्छ,’ उहाँले भन्नुभयो ।
यस्तै डा. सोमलाल सापकोटाले इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका दक्ष प्राविधिक जनशक्ति तयार गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्युतीय सामग्रीको प्रयोगसँगै प्राविधिकको विकास गर्न सक्यो भने यसको बजार थप मजबुद भएर अगाडि बढ्ने बताउनु भयो । यसैगरी इन्जिनियर उपेन्द्र बरालले घरमा लगाउने विद्युतीय सामान ग्राहकहरूले गुणस्तर छान्न सुझाव दिनु भयो । उहाँले व्यवसायीहरूले पनि बिक्रीपछिको सेवालाई विशेष फोकस गर्नुपर्ने बताउँदै यसको बजारलाई विश्वासिलो बनाएरउपभोक्ताको विश्वास जित्नु पर्ने कुरामा जोड दिनुभयो ।
“प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” भन्ने नाराका साथ आयोजना यस मेलाले उपभोक्ता तथा व्यवसायीलाई समेत फाइदा पुर्याउने विश्वास महासंघको छ । प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दा बढि आगन्तुकहरूले अध्ययन अवलोकन अपेक्षा महासंघले लिएको छ ।
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं दिगो वैकल्पिक उर्जा उद्यमीहरू एकै स्थानमा जमघटको अवसर जुटाई व्यवसायिक प्रबद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउँदै व्यवसायी, नीति निर्माता र सरोकारवाला पक्षबीचको सम्बन्ध घनिभूत तुल्याई बजारको सिर्जना गरी राष्ट्रको विकाश गर्ने महान कार्यमा उपयोग गर्न सकोैं भन्ने उद्देश्यका साथ ”इलेक्ट्रो टेक“ को अवधारणा ल्याई अन्तर्राष्ट्रिय स्तरको यस प्रकारको प्रदर्शनी तथा गोष्ठी नेपालमा पहिलो पटक सन् १९९६ देखि सुरु भएको यो इलेक्ट्रो–टेक आज २८ वर्षको अवधिमा यो एघारौं संस्करणको रुपमा फिन इलेक्ट्रो–टेक २०२४ आयोजना भएको हो ।
फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।
फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका छन् ।
यस्तै, मेलामा ट्रान्स्वेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, स्वीफ्ट गोल्ड, केइआई, लिशा, विसिएच, बजाज, हेभल्स, सिमेन्स, क्रम्टन, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यानलगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।
Health Tips Ad Road Block