ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भण्डारीको अध्यक्षतामा पर्यटन सहयात्रीको नयाँ कार्यसमिति सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बोधराज भण्डारीको अध्यक्षतामा पर्यटन सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति सर्वसम्मत भएको छ ।

शनिबार सम्पन्न काठमाडौंको नागपोखरीमा अवस्थित सहकारीको सोह्रौं वार्षिकोत्सव तथा निर्वाचनसहित पन्ध्रौं वार्षिक साधारण सभाले ३ वर्षे कार्यकालका लागि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सहकारीको उपाध्यक्षमा उत्तमराज कार्की, सचिवमा यम बहादुर खड्का, कोषाध्यक्षमा नारायण पराजुली चयन भएका छन् । सहकारीको सदस्यहरुमा खिला कुमारी नेपाल घिमिरे, भगवती लम्साल, ईन्दिरा देवी गौतम, अम्बिर बहादुर गुरुङ र विन्दु प्रधान चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा सुशिल कुमार नेपाल, लेखा समिति सदस्यहरुमा सुरज लामिछाने र मान बहादुर शाही चयन भएका छन् ।

सहकारीको यसअघिको कार्यसमिति र लेखा समिति नै पुनः सर्वसम्मत भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

निर्वाचन अगाडि सहकारीका सचिव यम बहादुर खड्काले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

साधारण सभामा साधारण सदस्यहरुबाट उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष बोधराज भण्डारीले सहकारीको कारोबार हालसम्म सुरक्षित रहेको जानकारी गराएका थिए । अध्यक्ष भण्डारीले सहकारीले व्यवसायिक क्षेत्र र उत्पादनशील क्षेत्रमा मात्रै लगानी गर्ने बताएका थिए ।

लेखा परीक्षण प्रमुख सुशील नेपालले सहकारीका कारोबारलाई थप व्यवस्थितरुपले अगाडि बढाउन खबरदारी गराएका थिए ।

साधारण सभामा शुभकामना प्रदान गर्दै सोट्टो नेपालका अध्यक्ष भुवन बहादुर पाण्डेले सहकारीमा दिनप्रतिदिन बढ्दै गएको चुनौतीलाई ध्यान दिँदै सबैले इमान र निष्ठाका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

सहकारीले हरेक वर्ष आन्तरिक टूर प्याकेज, सी परीक्षामा उतीर्ण साधारण सदस्यका छोराछोरीलाई सम्मान एवं पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोहीक्रममा सौरभ खड्का, आकांक्षा जिसी, भानवी श्रेष्ठ र सोहम चौधरीलाई सम्मान एवं पुरस्कार वितरण गरिएको थियो ।

सोट्टो नेपाल र पर्यटन सहयात्री सहकारीबीच आपसी सहकार्य गर्दै अगाडि बढिरहने प्रतिबद्धता पनि सो अवसरमा जनाइएको थियो ।

Health Tips Ad Road Block