ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

फीन इलेक्ट्रो टेक –२०२४ को दोस्रो दिन ९००० जनाले गरे अवलोकन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन आज (कात्तिक ३० गते) ९ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्स वेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११ औँ संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको घुइँचो लागेको हो ।

फीन इलेक्ट्रो टेक मेलामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहितले अवलोकन गरे । उनले अवलोकनको क्रममा यस मेलाले नेपालको विद्युतीय सामग्री प्रयोग गर्न र प्रोत्साहनमा मद्दत गर्ने बताए । घिसिङले मेलाको बारेमा जिज्ञासा राख्दै नेपालले विद्युत बंगलदेशसम्म विद्युत निर्यातको ढोका खोली सकेको हुँदा यसको उत्पादन बढाउन सके र यससम्बन्धी सामग्रीले नेपालमै उत्पादन गर्न सक्यो भने उपयुक्त हुने बताए । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युतका सामग्रीहरू उपलब्ध रहेका छन् ।

उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेला धेरैको आकर्षणमा परेको देखिन्छ । अर्किडको इन्फ्रारेड विद्युतीय चुल्हो, ट्रान्स वेल्ड ट्रान्सफर्मरले राखेको ४ हजार केभीएको विद्युत् ‘ट्रान्सफर्मर’ लगायतका सामग्री आम अवलोकनकर्ताको आकर्षणमा छन् ।

महासंघले आज विद्युतीय सुरक्षामा गुणस्तर र विद्युतीय सर्किटमा केबलको महत्व सम्बन्धी सेमिनारको पनि आयोजना गरेको छ । जसमा विद्युतीय सामग्री तथा उत्पादनमा आएको विश्वव्यापी ट्रेन्डको विषयमा यस क्षेत्रका विज्ञहरूलाई राखेको छलफल गरिएको हो ।

महासंघले मेला अवधिभर उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” भन्ने नाराका साथ आयोजना यस मेलाले उपभोक्ता तथा व्यवसायीलाई समेत फाइदा पुर्याउने विश्वास महासंघको छ ।

यस मेला अवधिभर ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले महासंघले मेलाको आयोजना गरेको हो ।

आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउन सञ्चालन भएको यो मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । फीन इलेक्ट्रो टेकमा हलभित्र र बाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् ।

नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।

फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका छन् ।

यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

Health Tips Ad Road Block