काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
नियमित घटिरहेको सुनको मूल्य आज भने बढेको हो । आज सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १९१० रुपैयाँमा कारोबार भइरहेको छ ।






















