Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालको कृषि र व्यापारिक वस्तुमा बजार पहुँच सुनिश्चित गर्न कृषिमन्त्री अधिकारी भेटवार्तामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकास सचिवालय (मन्त्रालय) का मन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ । सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन गर्न र सिमिट र नेपाल सरकारबीच दिगो रुपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डलसहित मेक्सिकोमा रहेका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीचको भेटमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरे।

दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मन्चहरुमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिविम्बित भएको छ भन्दै मन्त्री अधिकारीले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्ने तर्फ काम गरिरहेको बताउँदै नेपाल सरकारद्वारा घोषणा गरिएको “कृषिमा लगानी दशक” को घोषणा गरेको र यसका लागि द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट समग्र कृषि विकासमा लगानी खोजी गरीरहेको जानकारी गराए । भेटमा मन्त्री अधिकारीले नेपाल सरकारको तर्फबाट मेक्सिको सरकारलाई मेक्सिकोका पर्यटकका लागि नेपाललाई प्राथमिकताको भ्रमण गन्तव्यका रूपमा लिन र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउन समेत अनुरोध गरे ।

त्यस्तै मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा. ब्राम गोभाएर्ट्सबीच पनि भेटवार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग संयुक्तरूपमा परियोजना प्रस्ताव विकास गर्न, गतिविधि सुरु गर्न आग्रह गरे ।

सन् १९८५ बाट नेपाल सरकार र सिमिटबीच औपचारिक साझेदारी भएता पनि सन् १९६० देखि नै सहकार्य भइआएको छ। सिमिटबाट विकसित गहुँको नयाँ जातको प्रयोगबाट नेपाल पनि हरितक्रान्तिमा समाहित भएको थियो। समन्वयात्मक अनुसन्धानका प्रयासहरूले नेपालको तराई क्षेत्र र पहाडहरूमा मकै र गहुँको उत्पादकत्वलाई उल्लेखनीय रूपमा बढाएको छ ।

Health Tips Ad Road Block